welcome to My Blog !!

Saturday, May 28, 2011

गजल


साँचै संसार रमाइलो छ जिएर त हेर                                                                  
दुख पिडा बिर्सी नसा पिएर त हेर ।

शरिर तिम्रो चिरियो होला लात सबले हन्दा खेरि
नरम मेरो सियोले प्वाल सिएर त हेर ।

त्यासै जाने जवनीलाई सही प्रयोग गरे राम्रो
एक पल्ट शरिर मलाई दिएर त हेर ।

दुख पिडा होइन जिवन खुशी अनि आनन्द छ
छाती माथि मलाई एकछिन लिएर त हेर ।

सहै नै रमाइलो छ यस्तो यो खेल खेल्न
खेल खेल्न नजिक आइ टाँसिएर त हेर । ।

२०६५ जेश्ठ १

Saturday, February 5, 2011

गजल

माया दियौं
मुटु लियौं

फाटेको मन
मायाले सियौं


सँगै जिउने
बाँचा पियौँ

मधहोस् बनी
समिपमा टाँसियौ ।।


Friday, February 4, 2011

गजल

मुसुक्क हास्यौं

पिरती साट्यौं


अनमोल यौवन

सस्तोमा मास्यौं


दुइटा मुटु

एउटैमा गास्यौं


छुट्ने डरले

अङ्गालो टास्यौं ।।


गजल

हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे
एकान्तमा बसी तिमी मेरै तस्बिर चुम्छौ अरे ।

मेरो सामु आई तिम्ले पहिले किन नभनेको ?
लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ अरे ।

जे नहुनु भइसक्यो अब किन पछुताउँछौ
मेरै नाम जप्दै तिमी पागल जस्तै हुन्छौ अरे ।

अब सबै बेकार छ यस्तो कुरा सोच्नु पनि
कल्पनाको सुन्दर संसार तिम्रो मेरो बुन्छौ अरे।।

गजल

अन्तिम पल्ट बिदाइमा हल्लिएको हात
अलग-अलग हुन लाग्यो तिम्रो मेरो साथ।

याद आयो अङ्गालोमा बाँधिएर रो’को
बेहोसीमा जवानी त्यो खर्चिएको रात।

गाह्रो रै’छ ढुकढुकी यो छुट्टिनु नै पर्दा
संसारलाई भूल्न पिएको नसा अनि मात।

दु:ख-सुख साथ दिने यस्तै हाम्रो प्रेम थियो
उराठ लाग्दो शिशिर अनि बसन्तको पात।

अतीतको क्षण मनमा अझै उस्तै छ
भविष्यको कल्पनामा बुनिएको बात।

थाहा थियो हामी दुर्इलाई मानिस एकै हुन्
आडम्बरी समाजले छुट्टाएको जात।।


रुवाइ

माया गर्छु तिमीलाई भन्न गाह्रो भयो
तिम्रो मनको मान्छे म बन्न गाह्रो भयो
मेरो माया कति लाग्छ भनी सोद्छौ होला
आकाशका तारालाई गन्न गाह्रो भयो।।


रुवाइ

कहिले काहीँ विश्वासमा धोका हुँदो रहेछ
निष्ठुरीलाई सम्झिएर यो मन रुँदो रहेछ
यादहरु मलाई दिर्इ तिमी धेरै टाढा गयौ
लोलाउँदै आँखाहरुले तिम्रै तस्विर छुँदो रहेछ।।

गजल

सँगै जिउने मर्ने मान्छे आज साथ छैन
अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन।

तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो
त्यही जीवन सिसिर भयो आज पात छैन।

गाजलुले डम्म आँखा चन्द्रमुखी थियो
कोइलीको झैँ बोली थियो आज बात छैन

मान्छे हामी एउटै थियौँ रगत पनि एउटै थियो
तिमी जस्तो हुनलाई आज मेरो जात छैन।

हात हल्लाई सूर्यले झ्याउकिरीले स्वागत गर्थे
सँगै बसी बात मार्थ्यौँ आज रात छैन ।


गजल

दुई गाँस अन्न सङ्गै झुप्रो पनि जल्यो साथी
भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी

जता हेर्यो खरानी नै हरियाली छैन कतै
सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी

कस्को के नै लाग्छ र दैवले नै ठगे पछी
आँधी हुरी सँगसगै पानी पनि प-यो साथी

प्रकाशोन्मुख साहित्यका पाण्डुलिपी जल्दा खेरी
एक थोपा साहित्यलाई दिने आस म-यो साथी

भोका नाङ्गा जनता हामी भोक्भोकै मर्न लाग्दा
मुरिमुरि धन्यवाद छ जस्ले सहयोग ग-यो साथी

गजल

तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ?
कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ?

नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा
सबै कुरा झूटो सम्झी मेटी आयौ की ?

लेख्न मिल्छ अर्को नाम एउटा मेटेपछि
यस्तै भन्दै अर्कैको नाम लेखी आयौ के ?

“बिजेता” हौ संसारकी हारेको थें मैले
अन्मोल भन्थ्यौ त्यै जवानी बेची आयौ की ?

गजल

मिर्मिर तारा झराएर आउने एउटा घाम थियो
मेरै नाम लेखिएको बन्द एउटा खाम थियो

जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ
बसन्ती बहार बोकी आउने एउटा याम थियो

हाम्रो माया जुनिजुनिसम्म रहोस् भनी
द्यौता साक्षी राखी कसम खाको एउटा धाम थियो

अन्धकार रात चिर्ने तारा बीचको जुन तिमी
तारा छोडि जुन रोज्ने यस्तै एउटा लाम थियो।।

यस्तै यस्तै बाचा गरी बीचमा एक्लै छाडी जाँदा
पागल प्रेमी सडकमा मेरो एउटा नाम थियो

गजल

सम्झनाले सताउँदा मुटु दुखेर रोएँ
बद्नामी चोटले शिर झुकेर रोएँ।

अतितको याद्ले दुई थोपा आँसु झर्दा
एकान्तमा एक्लै एक्लै लुकेर रोएँ।

लाखौं कोशिशले पनि सकिन भुल्न तिमी
पागल झैँ सडकमा एक्लै भुकेर रोएँ।

भाग्यमा नै रहेनछ तिमलाई पाउन
भाग्य मेरो कोर्ने भावीलाई थुकेर रोएँ।

कहिले पनि नघट्ने समुद्र ठान्थें आफूलाई
खहरे रहेछु हिउँदमा सुकेर रोएँ।।


IN YOUR EYES……

I am really surprised
When in your eyes I see:
A deep ocean
Lands of happiness
Moon and stars
Reflection of reality
A touch of sensuality
The world looks more diffrent in your eyes
Than it does from mine
It seems like world owns my eyes but
Yours own the world
What’s wrong or what is right
Just know that it’s so bright
When I see in deep
Deeper I find myself hiding somewhere
A long journey from here to there
From my eyes to your eyes
It’s my fascination
My final destination
Your eyes………

म अनि नाङ्गिएका चेरी र आरुहरु


उही पुरानो घरको बार्दलीबाट
चिहाइरहेको छु
तुशारे शिशिरले नङ्गाएका
चेरी र आरुका बोटहरुलाई !
म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु,
उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै
तिमीहरुलाई नङ्गाउने तुशारे शिशिर
अनि बर्सिएको निष्ठुरी हिउँ
मेरो जीवनमा पनि बर्सिएको छ !
कुनै बेला
तिमीहरु पनि ढकमक्क फुलेर
सबैलाई आफ्नो खुश्बू बाँढ्थ्यौ
तिम्रा हरियाली डालीहरुमा बसेर
कुहु-कुहु कोइलहरुले स्तब्ध पार्थे सबैलाई
तिम्रा समिप भएर हिंड्ने बटुवाहरु पनि
तिम्रा शितल छहारीहरुमा बसेर
लामो सुस्केरा हाल्थे !
झ्याउरे लयसँगै घन्किएको
धिङ्ताङ धिङ्ताङको तालमा
मानिसहरु मन्त्र मुग्ध हुन्थे !
तर
तर वसन्तराजका हल्लिएका हातसँगै
तिम्रा पनि यी सबै चिजहरु हराएर गए !
निष्ठुर वसन्तले आफुसँगै सबै लिएर गयो !
आज
तिमी पनि म जस्तै उजाड – उजाड छौ !
कोइलीहरुको कुहु – कुहु छैन तिमीसँग !
अनि
घन्किदैनन् झ्याउरेसँगै
धिङ्ताङ धिङ्ताङ मादलुहरु !!
तिमी र ममा धेरै समान्तर छ !
तर सबै होइन
तिमीहरु त नङ्गाएका मात्र छौ
म त मरिसकेको छु !!
वसन्तराजको आगमनसँगै
तिमीहरु फेरि उस्तै हुन्छौ !
हराएका सबै पुन: पाउने छौ तिमीहरुले !
किरणको न्यानो रश्मिसँगै
तिमीहरु फेरि मुस्कुराउने छौ
जवान बनेर !
अनि पाउने छौ तिमीहरुले
हराएका तिम्रा कोइली र बाटुवाहरु !
तर
तर मैंले त सबै गुमाएको छु
हराउनु र गुमाउनुमा धेरै फरक छ !
आशा छैन मलाई फेरि
नयाँ जीवन पाउँछु भनेर !
के एक चोटि मरिसके पछि
फेरि नयाँ जीवन पाईन्छ र ??
म सोधी रहेको छु
आरु र चेरीका बोटहरु लाई…………….